Logo

कामना सेवा बैंकको केएस आइ मोबाइलमा अब नेपाल पे क्युआर उपलब्ध



काठमाडौं, १० असार । कामना सेवा विकास बैंक लिमिटेडद्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपाल पे क्युआरलाई आफ्नो मोबाईल बैंकिङ्ग केएस आइ मोबाइलमा एकीकृत गरिएको छ ।

बैंकले आषाढ ९ गते बिहीबारबाट नेपाल पे क्युआरका मर्चेन्टहरुलाई केएस आइ मोबाइलको क्युआर स्क्यानरबाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी आफ्नो मोबाइल बैंकिङ्ग एप अपडेट गरेको छ ।

यससँगै कामना सेवा विकास बैंक, नेपाल पे क्युआर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ । यो सहकार्य सँगै कामना सेवा विकास बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैकिङ्ग एपमा उपलब्ध क्युआर पेमेन्ट प्रयोग गरी नेपाल पे क्युआरका मर्चेन्टहरुलाई रकम भुक्तानी गर्न सक्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot