काठमाडौं, १० असार । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा प्रस्तावित मन्त्री मेटमणि चौधरीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रभावमा पारेर मन्त्रीहरु हेरफेर निर्णय कार्यान्वयनमा ढिलाई भएको आरोप लगाएका छन् ।
पार्टीको पोलिटब्युरो बैठक जारी रहँदा बैठकस्थल बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता चौधरीले यस्तो आरोप लगाएका हुन् । उनले आफ्नो पार्टीको मन्त्रीहरु हेरफेर गर्ने निर्णय कार्यान्वयन हुनेबित्तिकै माओवादी केन्द्रमा पनि दबाब पर्ने भएकोले तत्काल मन्त्रिपरिषद् पूनर्गठन नगर्न प्रचण्डले खेलेको आरोप लगाए । उनले माओवादीबाट धेरै मन्त्री बन्नुमा आफूहरुको योगदान रहेको ।
पछिल्लो समय मन्त्रीहरु हेरफेरको लागि नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दबाब दिएको छ । तर, मन्त्रीहरु हेरफेरको निर्णय कार्यान्वयनमा समाजवादीकै मन्त्रीहरुले पार्टी नेतृत्वलाई चूनौति दिएका छन् ।
आजमात्रै अहिलेका मन्त्रीहरुसहित १० सांसदले तत्काल मन्त्रीहरु हेरफेर नगर्न नेतृत्वसमक्ष दबाब सिर्जना गरेका छन् । उनीहरुले मन्त्रीहरु हेरफेर नै गर्ने हो भने समावेशी बनाउनपनि माग गरेका छन् । एउटै जिल्लाबाट दुई जना मन्त्री बनाउन नहुने र मन्त्री बनाउँदा महिलालाई पनि प्राथमिकता दिनुपर्ने उनीहरुको अरु शर्त छन् । file photo