काठमाडौं, १० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू फेरि प्रधानमन्त्री बन्ने संकेत गरेका छन् । उनले आज नेपाल पर्वतारोहण संघद्वारा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री बन्ने संकेत गरेका हुन् ।
अर्कोपटक प्रधानमन्त्री बनेमा तमाम विसंगतिमाथि प्रहार गर्ने बताए । प्रचण्डले भने,‘अर्कोपटक प्रधानमन्त्री बनेमा तमाम विसंगतिमाथि प्रहार गर्छु ।’ उनले आफू दुईपटक प्रधानमन्त्री बनेकोमा दोस्रोपटक थोरै समयमा पनि धेरै काम भएको दाबी गरे । देशको एकतामै चुनौती आउँदा मिलाउन सकेको बताए ।
आफ्नो नेतृत्वमा हजारौं नेपालीहरुले परिवर्तनका लागि बलिदानी दिएको समेत उल्लेख गर्दै भविष्यमा आफ्नै नेतृत्वमा विसंगतिविरुद्ध प्रहारसँगै परिवर्तन समेत हुने बताए ।