Logo

नेप्से आज १३ अंकले बढ्यो



काठमाडौं, १० असार । शेयर बजारमा आज दोहोरो अंकको सुधार आएको छ ।

साताको कारोबारको अन्तिम दिन शुक्रबार (आज) नेप्से परिसुचक १३ दशमलव ७८ अंकले बढेर १८६२ दशमलव ६ विन्दुमा पुगेको हो ।

त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ८१ अंकले बढेर ३६४ दशमलव ९० विन्दु कायम भएको हो ।

आज २२३ कम्पनीको १ अर्ब १५ करोड १२ लाख ८ हजार ३१ रुपैयाँ बराबरको ३५ लाख ४१ हजार ५३७ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ।

आज सबैभन्दा बढी कुमारी बैंकको शेयर कारोबार भएको छ । बैंकको आज ८६ करोड ३१ लाख २ हजार ३४७ रुपैयाँ बढीको कारोबार भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्