Logo

महँगीको मारमा उपभोक्ता, सरकार रमिते



काठमाडौं, असार ११ । दैनिक ज्याला गरेर घरखर्च चलाइरहेका काठमाडौं, कलंकी बस्ने शिवराम घर्ती अहिले चिन्तामा छन् । उनको चिन्ताको कारण हो– महँगी बढ्नु । दैनिक उपभोग्य सामग्रीको मूल्य बढेपछि घरखर्च कसरी धान्ने चिन्तामा छन् उनी ।

‘पहिले त जेनतेन घरखर्च चलाइएको थियो । अहिले त महँगी बढेर सामान छोइसाध्य छैन,’ उनले दुखेसो सुनाए, ‘कमाई बढेको छैन । खर्च भने ह्वात्तै बढेको छ ।’ महँगीका कारण खर्च बढेपछि परिवार पाल्न मुस्किल भएको उनको दुखेसो छ । ‘महँगी बढेपछि दाल–चामल किन्न, बच्चाको स्कुल फिस तिर्न, कोठा भाडा तिर्न धौ–धौ भइरहेको छ,’ उनले भने, ‘तर, हाम्रो समस्या कसले बुझ्ने?’

उनले भनेजस्तै पछिल्लो समय तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले पछिल्लो महिना तरकारीको मूल्य बढेको जनाएको छ ।

समितिका अनुसार पछिल्लो महिना आलुको मूल्य प्रतिकिलो १० रूपैयाँ बढेर ३५ रूपैयाँ पुगेको छ । गत महिना आलुको मूल्य किलोको २५ रूपैयाँ थियो । यस्तै, काउलीको मूल्य प्रतिकिलो ३० रूपैयाँ बढेर ८० रूपैयाँ कायम भएको छ । गत महिना काउली प्रतिकिलो ५० रूपैयाँमा किनबेच भएको थियो ।

समितिको तथ्यांक अनुसार घिउसिमी, बन्दा, प्याज आदिको मूल्य १० देखि २५ प्रतिशतले बढेको छ । अहिले घिउसिमी किलोको ८० रूपैयाँ, बन्दा ९० रूपैयाँ, गाँजर १०० रूपैयाँ किलोमा बिक्री भइरहेको समितिले जनाएको छ ।

‘सरकारले मूल्यवृद्धि नियन्त्रण गरेर उपभोक्तालाई राहत दिनुपर्ने हो । तर, सरकार त रमितेजस्तो देखिएको छ ।’

कालिमाटी तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठका अनुसार हिउँदे तरकारीको मूल्य बढ्नु स्वभाविक रहेको बताए । वर्षा शुरु भएसँगै बालीनालीमा असर र बजार आगमन प्रभावित हुँदा तरकारीको मूल्य बढेको उनको भनाइ छ ।

तरकारीसँगै दाल, चामल, चिनी, तेल, मसलाको मूल्यसमेत बढेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot