Logo

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक जारी, जबजले लोकतान्त्रिक बन्न अभिप्रेरित गरेको माधव नेपालको भनाई



काठमाडौं, ११ असार । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक जारी छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा जारी बैठकमा अहिले अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरिरहेका छन् । उनले कम्युनिष्ट पार्टीभित्र व्यक्तिवाद हाबी हुन नहुने टिप्पणी गरेका छन् ।

उनले भने,‘सत्तामा पुगेपछि व्यक्तिगत स्वार्थ हाबी हुनुहुँदैन् ।’ उनले जनताको बहुदलीय जनवादले आफूहरुलाई लोकतान्त्रिक बन्न अभिप्रेरित गरेको पनि बताएका छन् । उनले भने,‘लोकतान्त्रिक हुनु भनेको अरुको कुरा सुन्नुपनि हो ।’ तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot