काठमाडौं, ११ असार । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीका लागि सिफारिश गरेर पठाएका नामहरुविरुद्ध नयाँ नाम संस्थापन विरोधी समूहले पार्टीभित्र प्रस्ताव गरेपछि नयाँ तरङ्ग आएको छ । ती नामहरु अधिकांश माधव नेपालका विश्वासपात्रहरु नै छन् ।
एसका संस्थापनविरोधीले पठाएको नाममध्ये ललितपुरका कृष्णलाल श्रेष्ठ र डोल्पाका धनबहादुर बुढा, दाङका हिरा केसी र मुगुका गोपाल बम प्रत्यक्ष निर्वाचित सांसद हुन् । निरा जैरु मात्र समानुपातिकतर्फकी सांसद हुन् ।
कृष्णलाल श्रेष्ठ र निरा जैरु माधव नेपालका विश्वासपात्र मानिन्थे । धनबहादुर बुढा, हीरा केसी र गोपाल बमलाई प्रेमबहादुर आलेले नेकपा एसमा ल्याउन सकेको चर्चा थियो ।
माधव नेपालका विश्वासपात्रहरुकै नाम प्रस्ताव गरेर नेकपा एसमा नयाँ तरङ्ग ल्याउन प्रेम बहादुर आले र रामकुमारी झाँक्रीले मुख्य योजना बनाएको बुझिएको छ । नयाँ नाम प्रस्ताव गरेपछि एसमा विवाद चर्किएको छ ।