Logo

वैदेशिक रोजगारलाई करोडौं ठग्ने नेपाली नै



काठमाडौं, असार १२ । वैदेशिक रोजगारीको क्रममा दुबई पुगेका करिब एक सय नेपालीलाई त्यहीं व्यवसार गरेर बसेका दुई व्यक्तिले करोडौं रुपैयाँ ठगेका छन् ।

ठगिनेमध्ये केहीले प्रमाणसहित ठगलाई पक्राउ गरी कानुनी कारबाही चलाउन माग गरेका छन् । दुबईको अल्कुजअलखेल गेटनजिकै मेस सञ्चालन गर्दैआएका तेह्रथुमका पदम पन्त र पाँचथरकी सम्झना कटुवालले दुबईमा राम्रो व्यवसाय गर्ने र सबैलाई साझेदार राख्ने भन्दै उनीहरूबाट करोडौं ठगेको आरोप पीडित पक्षको छ । फरक–फरक व्यक्तिबाट फरक–फरक समयमा रकम लिएको पीडितहरूको गुनासो छ ।

पैसा लिने दुवैजना सम्पर्कविहीन भएपछि खोजी गर्दै जाँदा अहिलेसम्म उनीहरूबाट ठगिने १६ जना संगठित भई कारबाहीका लागि पहल गरिरहेका छन् । पीडित सूर्य नेपालीले बताए अनुसार दुबईमा राम्रो व्यवसाय गर्ने भन्दै विभिन्न प्रलोभनमा पारेर उनीहरूले नेपालीबाट १८ हजार दिराम (नेपाली झन्डै साढे पाँच लाख) लिए । पैसा लिएको शुरूशुरूमा सम्पर्कमा थिए तर पछिल्लो समय सम्पर्कविहीन बनेका छन् ।

आफूलाई पैसा दिए व्यवसायमा लगानी गरेर मासिक ५ हजार दिराम (नेपाली झन्डै १ लाख ६० हजार) बोनस दिने आश्वासन दिएर आफूबाट पैसा लिएर गएको अर्का पीडित हिमलाल कुँवरले बताए । पीडितहरूले उपलब्ध गराएको विवरणमा आफूहरू ठगिएको र उद्घार गरिदिन स्थानीय अदालतलाई समेत आग्रह गरेका छन्। नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot