Logo

उर्लाबारीमा पाहुना आएका बृद्धको शव खेतमा भेटियो



काठमाडौं, १२ असार । मोरङको उर्लाबारीमा पाहुना आएका एक बृद्ध मृत फेला परेका छन् ।

झापाबाट आफन्तको जन्मदिन मनाउन मोरङ आएका नैनसिंह विकको शव आइतबार खेतमा भेटिएको प्रहरीले जनाएको छ ।

विक बयरडाँगीस्थित आफन्त खेमबहादुर दर्नालको घरमा पाहुना हुन आएका थिए ।

घोप्टो परेको अवस्थामा भेटिएका विकको मृत्युको कारण भने पत्ता लागेको छैन् । उनको शव पोस्टमार्टमको लागि मंगलबारे अस्ततालमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot