Logo

अब ठेलामा पानीपुरी बेच्न नपाइने



काठमाडौं, १२ असार । ललितपुर महानगरभित्र अब ठेलामा पानीपुरी बेच्न नपाइने भएको छ । पानीपुरीको पानीमा हैजाको जीवाणु हुन सक्ने खतरा बढेपछि महानगरले ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेको हो ।

महानगरको निर्णयसँगै आजैदेखि ललितपुर महानगरपालिकाका नगर प्रहरीहरुले ठेलामा पानीपुरी बेच्नेहरुलाई हटाउने छन् ।

महानगरले धेरै भिडभाड हुने क्षेत्रमा पानीपुरी बेच्दा प्रदुषित धुलोहरुले स्वास्थ्यमा गम्भिर असर पारीरहेको भन्दै चटपटे बेच्न सधैको लागि रोक लगाउने आन्तरिक तयारी गरीरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot