काठमाडौं, १२ असार । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रविन्द्र मिश्रले आफूले राजनीतिबाट बिश्राम नलिएको बताएका छन् । स्थानीय तहको निर्वाचनमा पार्टीले निराशजनक नतिजा व्यहोरेपछि मिश्रले अध्यक्षबाट राजीनामा दिएका थिए । उनले कतिपयले आफूबारे राजनीतिबाटै राजीनामा दिएको हो कि भनेर गरेको आशंकाबारे पनि स्पष्ट पारेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले अध्यक्षबाट राजीनामा दिएपनि साधारण सदस्य रहेको र पार्टीमा १६३ जना केन्द्रीय सदस्यहरु रहेकोले उनीहरुले पार्टीलाई अघि लैजाने विश्वास दिलाएका छन् ।
उनले लेखेका छन्-
मौनता र राजनीति…मेरो मौनताबाट कतिपय शुभेच्छुकहरूमा म कतै राजनीतिबाटै बाहिरिन लागेको हुँ कि भन्ने शंका उब्जिएको पाएँ। स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि मैले पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो — राजनीतिबाट होइन। पार्टीमा १६३ जना केन्द्रीय सदस्यहरू हुनुहुन्छ। पार्टी उहाँहरूले अगाडि लैजानु नै हुनेछ भन्ने विश्वास लिएको छु। म साधारण सदस्य रहने नै छु।