Logo

लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न सांसद प्रमोद साहको माग



काठमाडौं, १२ असार : सांसद प्रमोद साहले नागरिकता विधेयक ल्याउन र लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले लामो समय संसदीय समितिमा छलफल भएको नागरिकता विधेयक ल्याउन माग गरेका हुन् ।

तराई मधेश क्षेत्रमा भएको आन्दोलनको विषयमा छानबिन गर्न गठित गिरिषचन्द्र लाल नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन पनि सार्वजनिक गर्न उनको माग छ । सो प्रतिवेदन सार्वजनिक गर्न ६ असोज २०७३ मै तत्कालीन सभामुखबाट रुलिङ भएको स्मरण गराउँदै उनले प्रश्न गरे, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने छ र ?’ तराई मधेशमा भएका आन्दोलनका क्रममा भएको धनजनको क्षति विवरण समेटिएको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै उनले आक्रोश पनि पोखे ।



प्रतिक्रिया दिनुहोस्