Logo

गुप्तचरबाट छिरेका धेरै रोकिने भएपछि एसएसपी बन्न पछिल्लो ब्याची पनि दौडधूपमा



काठमाडौं, १२ असार । नेपाल प्रहरीमा १७ एसएसपीको डिआइजीमा बढुवा सिफारिश भएसँगै रिक्त पदहरुमा दौडधूप चलेको छ । डिआइजीमा एसएसपीहरुको बढुवा भएसँगै सेवानिवृत्त भएकासहित कुल ३२ वटा दरबन्दी रिक्त हुनेछ ।

ठूलो संख्यामा दरबन्दी खाली हुने भएसँगै एसएपीहरुको दौड तिव्र भएको छ । २०५१ देखि २०५६ मा प्रहरी सेवामा प्रवेश गरेका हालका एसपीहरु बढुवाको दौडमा छन् ।

२०५१ चैत्र ५ मा सेवा प्रवेश गरेका डिल्लीराज बिष्ट निर्मला पन्त हत्या प्रकरणमा कारबाहीमा परेर बढुवामा छुट्दै आए । यसपटक उनी बढुवा हुने निश्चितप्रायः छ । राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरी सेवामा पसेर एसपी भएकाहरु पनि दौडमा छन् । उनीहरु रोकिएमा र कारबाहीमा परेका सिनियरमध्येका एसपी रोकिएमा २०५६ को ब्याचीलाई मौका मिल्न सक्छ ।

बढुवाको दौडमा डिल्ली बिष्टसहित सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, गणेश चन्द, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, उमाप्रसाद चतुर्वेदी, सुरेन्द्र गुरुङ्ग, ओमबहादुर राना, हिमालकुमार श्रैष्ठ, बिमल बस्नेत, ईश्वर कार्की, राजन अधिकारी, मनोजकुमार केसी, दानबहादुर कार्की, केदार रजौरे, रेवती ढकाल, दिनेशकुमार आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट, मनोजकुमार यादव, किसनसिंह थापा, गोविन्द थपलिया, सुदर्शन कोइराला, बिनोद घिमिरे, जीवनकुमार श्रेष्ठ, दिपक रेग्मी, दिपककुमार बस्नेत, जयराम सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दिपेन्द्र जीसी, रामेश्वर यादव, दिलिपसिंह देउवा र सञ्जीव शर्मालगायत प्रतिष्पर्धामा छन् ।

२०५६ मा सेवा प्रवेश गरेकामध्ये शेखर खनाल, विश्व अधिकारी, ओम अधिकारी, बेलबहादुर पाण्डे, सानुराम भट्टराई, भूपेन्द्र खत्री, सोमेन्द्रसिंह राठौर, दिनेशराज मैनालीलगायत पनि बढुवाको दौडमा छन् । यो ब्याचीबाट पनि भविष्यमा आइजीपी बन्ने सम्भावना बलियो छ । यसकारण प्रतिष्पर्धा तिव्र हुने देखिएको छ ।

राष्ट्रिय अनुसन्धान विभागबाट २०५८ मा प्रहरीमा छिरेका सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, डम्बरबहादुर विक, माधवप्रसाद श्रेष्ठ, उमाप्रसाद चर्तुवेदी, ओमबहादुर राना, हिमालय श्रेष्ठ, बिमल बस्नेत, सुरेन्द्र गुरुङ्ग, मनोज यादव, सञ्जीवनी शर्मा दास, दिलिपसिंह देउजा, विनोद घिमिरे, जयराज सापकोटा, शारदाप्रसाद चौधरी, रामेश्वर यादव, दिपेन्द्र जीसीलगायतलाई बढुवा पाउन निकै मुश्किल छ । यसकारण पनि पछिल्लो ब्याचीको दौडधूप चलिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्