Logo

हैजा नियन्त्रणमा महानगरको सतर्कता



काठमाडौं, असार १३ । राजधानीमा हैजा फैलिएपछि उपत्यकाका दुई महानगरपालिकाले उच्च सतर्कता अपनाएको छ । काठमाडौं र ललितपुर महानगरपालिकाले विशेष स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दै दूषित पानी र अस्वस्थ खाना नखान सर्वसाधारणमा अपिल जारी गरेको छ ।

आइतबार १२ जनामा हैजा संक्रमण देखिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चमनलाल दासका अनुसार हालसम्म १७ जनामा हैजा पुष्टि भएको छ ।

काठमाडौंको बागबजार, डिल्लीबजार, नैकाप, कपन, बालाजु, सानेपालगायतका क्षेत्रमा हैजा देखिएपछि काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई पत्राचार गरी शुद्ध खानेपानीको व्यवस्थापन गर्न आग्रह गरेको छ । त्यसै गरी कामपाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई खाद्यको गुणस्तर मापन गर्न आग्रह गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot