Logo

चुरोट पिउने लत बढ्दै गए के हुन्छ



एजेन्सी, १३ असार । रोज अमेरिकाको टेक्सास राज्यको एउटा सानो सहरमा हुर्किएकी थिइन् । १३ वर्षको उमेरदेखि नै उनले चुरोट पिउन थालिन् ।

रोजको आमाले चुरोट नपिउनु भनेर कडाईका साथ भनेपनि उनलाई लत लाइसकेको थियो । उनले बुबाको चुरोट चोरेर र विद्यालयमा खाजाको लागि पाएको पैसा यसैमा खर्च गर्न थालिन् ।

उनले विस्तारै ४५ वर्षसम्म उनले हरेक दिन करिब दुई प्याकेट चुरोट खान थालिन् । त्यसपछि एक दिन उनको खुट्टामा समस्या भयो । यो धुम्रपानसँग सम्बन्धित समस्या भएको र धुम्रपान गर्न नछाडेको खण्डमा खुट्टा गुमाउन सक्ने डाक्टरले बताए ।

उनले चुरोट छोडिन् तर, डाक्टरहरुले उनलाई फोक्सोको क्यान्सर भएको थाहा पाए । उनले केमोथेरापी लिनुपर्ने भयो । त्यसपछि शल्यक्रिया भयो । त्यसपछि उनको मस्तिष्कमा दुईवटा ट्युमर भेटिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot