Logo

एउटै जिल्लावाट दुई मन्त्री



काठमाडौं, १३ असार । पहिलो पटक मन्त्री भएका मेटमणी चौधरी र हिराचन्द्र केसी एउटै जिल्ला दाङवाट प्रतिनिधित्व गर्ने नवनियुक्त मन्त्री हुन । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसवाट प्रतिनिधित्व गर्ने चौधरी दाङ–१ वाट र केसी दाङ–३ वाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

चौधरीले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउँदा केसीले भने स्वास्थ्य राज्य मन्त्रीको जिम्मेवारी पाएका छन । एउटै जिल्लावाट दुईजनालाई मन्त्री बनाएको भन्दै नेकपा एसका निवर्तमान मन्त्रीहरुले आपत्ति जनाएपनि अन्ततः पार्टीको निर्णय अनुसार उनीहरुले आज सपथ लिन लागेका हुन ।



प्रतिक्रिया दिनुहोस्