काठमाडौं, १३ असार । आईजीपीविरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाई सुरु भएको छ ।
आईजीपी धिरज प्रताप सिंहको नियुक्तिमा असन्तुष्ट जनाउँदै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा बहस भएको हो ।
गत बैशाख १८ गते सरकारले नियुक्त गरेका आईजीपी धिरजप्रताप सिंहको तर्फबाट सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले बहस सुरु गरेका हुन् ।
पोखरेलले दायर गरेको रिटमा तेस्रो पटक सुनुवाई भइरहेको हो । अन्तिम पटक असार ५ गते हेर्दाहेर्दैमा पेशी तोकिएको थियो ।