Logo

समृद्धि फाइनान्सद्धारा बुटवलमा वृक्षारोपण कार्यक्रम



काठमाडौं, १३ असार । समृद्धि फाइनान्सले अषाढ १० गते बुटवलमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

फाइनान्सले बुटवल वडा न.१३ मा रहेको मिलन पार्कमा यस पार्क कि अध्यक्ष श्रीमती दुर्गा पाठक पाण्डेको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको यस संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot