काठमाडौं, १४ असार । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ दल घोषणा गर्ने भएका छन् । गौतमले रिपोर्टर्स क्लब नेपालमा ३ बजे पत्रकार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गर्न लागेका हुन् ।
नेकपा विभाजन भएपछि एकता अभियानमा जुटेका गौतमले कम्युनिष्ट एकता गर्न नसकेपछि आफैले नयाँ दल गठन गर्न लागेका हुन् ।
नयाँ दल घोषणा तयारीका लागि गौतमपक्षको असार ११ गते सिद्धार्थ राष्ट्रिय भेला आयोजना गरिएको थियो ।
गौतमको नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने जनाइएको छ । पार्टीको संयोजकमा गौतम, सचिवमा डिबी कार्की, प्रचार विभागमा नीमकान्त पाण्डेको नाम फाइनल भएको स्रोतले जनाएको छ ।