Logo

ललितपुरमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित



काठमाडौं, १४ असार । ललितपुरमा गत असार १० गतेदेखि सुरु गरिएको कोरोना भाइरसविरुद्धको फाईजर खोप कार्यक्रम स्थगित भएको छ ।

खोप पर्याप्त मात्रामा उपलब्ध नभएपछि तत्कालका लागि खोप कार्यक्रम स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

मंगलबारदेखि अर्को सुचना प्रकाशित नभएका सम्मका लागि खोप कार्यक्रम स्थगित भएको महानगरले सुचनामा उल्लेख गरेको छ ।

महानगरको अनुसार ५ वर्ष देखि १२ वर्ष मुनिका बालबालिकाहरुलाई पहिलो मात्रा खोप कार्यक्रम सञ्चालन गरिएकोमा अबरुद्ध भएको कार्यक्रम यथासिंग्र सञ्चालन हुनेछन् ।

सरकारले देशभरका ३५ जिल्लामा ५ वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप कार्यक्रम सुरु गरेको थियो । विद्यालय र नजिकका विद्यालय नजाने बालबालिकालाई लक्षित गरेर इँटाभट्टा र होटलहरु रहेको ठाँउमा पालिकाहरुको समन्वयमा खोप केन्द्र राखिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot