Logo

रिपोर्टर्स क्लबको पोडियममा उभिएर वामदेवको गुनासो : ऋषिजीको कारण ०७४ को चुनाव हारें (भिडिओसहित)



काठमाडौं, १४ असार । वामदेव गौतमको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरिएको छ । उक्त पार्टीको आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत गरिएको हो । पत्रकार सम्मेलनमा गौतमले पार्टी गठनको कारण र भावी कार्यदिशाबारे लामो भाषण गरे । आफूमाथि लागेका विभिन्न आरोपबारे पनि उनले खण्डन गरे ।

तर, रोचक के भने ऋषि धमलाको नेतृत्वमा रहेको रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेनलमा नै गौतमले आफू २०७४ को निर्वाचनमा ऋषि धमलाको कारण चुनाव हारेको टिप्पणी गर्न भ्याए । ०७४ को निर्वाचनमा धमला चुनावी अभियान लिएर देश दौडाहमा निस्किएका थिए । धमला गौतमको निर्वाचन क्षेत्र पनि पुगेका थिए । त्यतिवेला धमलाले लिएको अन्तर्वार्ताको कारण आफू चुनाव हारेको वामदेवको गुनासो रहँदै आएको छ । आज भने गौतमले धमलाकै क्लबमा उभिएर यो कुरा खुलाए ।

उनले सम्बोधनको क्रममा भने,‘मलाई राम्रै थाहा थियो २०७४ को निर्वाचनपछि म प्रधानमन्त्री बन्न सक्दिनँ,’ ऋषिजीले मलाई बाध्य पार्नुभो, उम्मेदवार त बन्नुहुन्छ तपाईँ, किन बन्नुहुन्न रु’ त्यसपछि आफू बाध्य भएर ‘अब पार्टीले बनाए, उठाएछ भने, अगाडि सारेछ भने उम्मेदवार बन्ने क्षमता त छ नि त मसँग भनेर मैले भनेको थिएँ । प्रधानमन्त्री त भइहालिएछ भने मैले अरुले भन्दा कम होइन धेरै नै काम गर्नसक्छु । त्यो क्षमता त छ मसँग भनेर मैले भनेँ त्यसरी भन्याँथें । आधा एउटा अध्यक्ष प्रधानमन्त्री हुने, आधा अर्को अध्यक्ष प्रधानमन्त्री हुने हाम्रो सम्झौता थियो । त्यो मलाई थाहा थियो, मैले प्रधानमन्त्री बन्छु भनेपछि दुवैका पक्षधरले यसलाई यहीँ हराइदिएपछि त त्यहाँ गएर केही लफडा नै हुँदैन, भनेर हराउन लाग्नुभो ।’

उनले चुनाव हारेर आएपछि आफूले पत्रकार धमलासँग गुनासो पोखेको पनि स्मरण गराए । उनले भने,‘मैले यो कुरा पछि उहाँलाई भनें र बडो दुःख ब्यक्त गरेँ । तपाईँले त्यो प्रश्न सोध्नु हुन्थेन । मलाई बाध्य गर्नु भो जसले गर्दाखेरि म हार्ने कारण बन्यो भनेको थिएँ ।’

 



प्रतिक्रिया दिनुहोस्