काठमाडौं, १५ असार । हार्दिक पान्ड्याको कप्तानीमा रहेको भारतले दोस्रो तथा अन्तिम टी २० खेलमा आयरल्यान्डलाई चार रनले पराजित गर्दै शृंखल ‘क्लिन स्वीप’ गरेको छ । पहिलो खेल भारतले सात विकेटले जितेको थियो । २२६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२१ रनमा समेटियो ।
कप्तान एन्ड्री बलबर्नीले ६० रन जोडे । पउल स्टर्लिङले ४० रन बनाए । ह्यारी टेक्टरले ३९ रनको योगदान गरे । भारतका भुवनेश्वर कुमार, हर्षल पटेल, रवि विश्रोई र उमरान मकिलले समान १ विकेट लिए ।
यसअघि डल्बिनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५ रनको योगफल तयार पार्यो ।
भारतका दीपक हुडाले आक्रामक ब्याटिङ गर्दै ५७ बलमा १०४ रन बनाए । यस्तै, सञ्जु स्यामसनले ७७ रन जोडे । घरेलु टोली आयरल्यान्डका मार्क आदिरले सर्वाधिक ३ विकेट लिए । न्युज कारखाना