Logo

त्रिविको लिखित परीक्षामा १०२ पदमा कोही उत्तिर्ण हुन सकेनन् (सुचनासहित)



काठमाडौं, १५ असार । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको प्रशासनिक तथा प्राविधिकतर्फको परीक्षामा सबै फेल भएका छन् ।

आयोगले लिएको १०२ पदको परीक्षामा सबै परीक्षार्थी अनुत्तिर्ण भएका हुन् । २०७७ कात्तिक २८ गतेदेखि मंसिर १६ गतेसम्म र माघ २५ गतेदेखि फागुन २७ गतेसम्म आयोगले परीक्षा लिएको थियो ।
उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक र लेखा अधिकृत पदको खुलातर्फको परीक्षामा कोही पनि उत्तिर्ण हुन नसकेका हुन् । १०२ पदका लागि १६ हजार ४४८ जना परीक्षार्थी परीक्षामा सहभागी थिए ।

त्यस्तै, आयोगले परीक्षा मर्यादा विपरित गर्ने १३८ जनाको परीक्षा रद्द गरेको छ भने लेखा सहायक, मुख्य लेखा सहायक र कार्यालय सहायकमा भने परीक्षार्थी उत्तिर्ण भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot