काठमाडौं, १५ असार । आज असार पन्ध्र । अर्थात धान दिवस । विभिन्न कार्यक्रम गरी धान दिवस मनाईएको छ । यस्तै, नेकपा (एमाले) को भातृ संगठन युवा संघले पनि धान दिवस मनाएको छ। काठमाडौं उपत्यकामा एक कार्यक्रमको आयोजना गरी युवा संघले धान दिवस मनाएको हो । सो क्रममा पार्टीका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतदेखि नेतृ करिश्मा मानन्धरसम्म सहभागी थिए ।
नेतृ मानन्धरले भने देशलाई अब कृषिमा आत्मनिर्भर बनाउन सकिने विचार राखेकी छिन् । धान रोप्दै गरेको तस्विरसहित नेतृ मानन्धरले लेखेकी छिन्-
आज असार पन्ध्र , वर्ष भरिलाइ माम खान पुगोस भनेर सपना रोप्ने दिन !! हाम्रो संस्कृति गुनगुनाउने दिन !! मलिलो उपत्यकाहरु कंकृट जङ्गलमा रुपान्तरण हुदै छन !
युवाहरू विदेशीएर खेत, पाखा बाझो हुदै छन ! यो क्रमलाइ रोक्नु पर्छ । आशावादी अझै छौ हामी । उन्नत उब्जनी फर्काउछौ हामी । गरा गरा रोपेर , सुर्का खर्क गोडेर
कृषिमा आत्मनिर्भर बन्नसक्छौ हामी । राष्ट्रिय युवासंग द्वारा आयोजित रोपाइ कार्यक्रमको संदेश हरेक युवाहरू माझ पुगोस् । सबैमा धान दिवसको शुभकामना