Logo

डिजीटल भुक्तानी सहजताका लागि एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपालबीच सम्झौता



काठमाडौं, १६ असार । एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपालबीच डिजीटल सेवाहरुलाई प्राथमिकता दिनको लागी समझदारी भएको छ । दुई कम्पनीबीच गत असार ९ गते समझदारी सम्पन्न भएको हो ।

उक्त समझदारीको लागी बैंकको तर्फबाट प्रमुख ब्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र त्ब्ब्ल् को तर्फबाट अध्यक्ष खुब बहादुर सुबेदीले समझदारी पत्रमा हस्तानान्तरण गरेका हुन् ।

उक्त समझदारी पत्र मार्फत टानका त्ब्ब्ल् सदस्यहरुले एनएमबि बैकको डिजीटल सेवाहरु सजीलै उपभोग गर्न सक्नेछन् । एनएमबि बैंकले डिजीटल सेवाहरु वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरु प्राथमिकताको साथ प्रवाह गदै आईरहेको छ । यी सेवाहरुले गर्दा टानका त्ब्ब्ल् सदस्यहरु लाई ब्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको छ । एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्