Logo

एनआईसी एसिया र नेपाल लाइफको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका



काठमाडौं,१६ असार । एनआईसी एसिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामी भर्ने बिहीबार अन्तिम दिन रहेको छ ।

बिहीबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । एनआईसी एसियाले ८ असारबाट ७ लाख १९ हजार ९५० कित्ता र नेपाल लाइफको ५ लाख ९७ हजार ९२१ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।

लगानीकर्ताले एनआईसीको सेयरमा न्यूनतम ४०० रुपैयाँ र नेपाल लाइफको सेयरमा ७०० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले आवेदन दिन सक्नेछन् । न्यूनतम १ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ ।

यसमा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ ।

यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्