Logo

अस्थायी लाइसेन्स छपाइ र वितरण बन्द



काठमाडौं, १६ असार । काठमाडौं उपत्यकामा रहेका यातायात कार्यालयहरुले गत भदौबाट सुरु गरेको परीक्षणकालिन लाइसेन्स (अस्थायी) छपाइ र वितरण बन्द गरेका छन् ।

यातायात व्यवस्था कार्यालय ठुलो भर्याङ, एकान्तकुना, चाबहिल तथा भक्तपुर कार्यालयले आवश्यक बजेट नभएको भन्दै परीक्षण लाइसेन्स छाप्न बन्द गरेका हुन् ।

आवश्यक बजेटको अभावले क्युुआर कोडसहितको परीक्षणकालीन लाइसेन्स छाप्न नसकिएको यातायात कार्यालयहरुको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्