Logo

उपेन्द्र र बाबुराम सहमतिमा अलग्गिदै



काठमाडौं, १६ असार । जनता समाजवादी पार्टी सहमतिमा विभाजन गर्न उपेन्द्र यादव र डा. बाबुराम भट्टराई सहमत भएका छन् । दुई नेता सहज तरिकाले अलग हुने सहमतिमा पुगेका हुन् ।

जसपाबाट बाबुराम भट्टराई अलग हुनेछन् । उनी अलग हुँदा महेन्द्र राय यादवलगायत नेताहरु पनि जाने बुझिएको छ ।

जसपाको उपेन्द्र यादव पक्षले कार्यकारिणी बैठक गरी मन्त्री फेर्ने र बाबुराम भट्टराई पक्षलाई कारबाही गर्ने सम्मको निर्णय गरेपछि नयाँ घटना विकास भएको थियो । त्यसपछि दुवै नेताले छलफल गरी सहमतिमा अलग हुने टुंगो लगाएका थिए ।

नयाँ शक्तिबाट गोरखामा चुनाव जितेका बाबुराम संघीय समाजवादी फोरमसँग एकता गरी उपेन्द्रसँग मिलेका थिए । पछि समाजवादी पार्टी राष्ट्रिय जनता पार्टीसँग मिलेपनि महन्थ ठाकुर अलग भएपछि जसपा रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्