Logo

मधेश प्रदेशसभाको बैठक असार २० गते बस्दै, बजेटबारे छलफल हुने



जनकपुरधाम, १६ असार । आगामी असार २० गते मधेश प्रदेश सभाको बैठक बस्ने भएको छ । बैठक २० गते दिउँसो १ बजेका लागि बोलाइएको हो ।

असार १ गते बजेट अर्थमन्त्री शैलेन्द्र साहले आगामी आर्थिक बर्ष २०७९/८० का लागि प्रस्तुत गरेका थिए । आगामी २० गते बस्ने बैठकमा बजेटमाथि र केही विधेयकमा छलफलसमेत हुने जनाईएको छ ।

साहले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्