Logo

रामचन्द्र पौडेलको टिप्पणी : हुकुमी शासन चलाउनेहरूलाई संसद मन पर्दैन्



काठमाडौं, १६ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हुकुमी शासन चलाउनेहरुलाई संसद् मन नपर्ने टिप्पणी गरेका छन् ।

आज (बिहीबार) ६४ औं संसद दिवसका अवसरमा पूर्व सांसद मञ्च र संघीय संसद सचिवालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले ‘संसद जनताको घाँटीमा अड्केको वाणीलाई व्यक्त गर्ने माध्यम हो, यो निरंकुश सत्ता चलाउन चाहनेका लागि आँखाको कसिंगर बन्दै आएको छ । हुकुमी शासन चलाउनेहरूलाई संसद मनपर्दैन । त्यही भएर संसदलाई बेला–बेला भंग गर्ने प्रचलन चल्दै आएका छन् ।’

उनले संसद् भंग गर्ने प्रवृत्तिको विरोध गरे । उनले भने,‘जसले संसद भंग गरेपनि त्यो अधिनायकवादी प्रवृत्तिकै द्योतक हो।’file photo



प्रतिक्रिया दिनुहोस्