Logo

बाग्मतीका मुख्यमन्त्रीविरुद्ध सत्तारुढ दलले नै गरे हस्ताक्षर संकलन



काठमाडौं, १६ असार । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओावादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन गर्न थालेका छन् ।

मन्त्री पाण्डे सत्ता गठबन्धन दलबीच भएको पुर्व सहमति अनुसार पदबाट हट्न नचाहेपछि उनीविरुद्ध कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन गरेका हुन् ।

प्रदेश सभाबाटै बजेट पास भएपछि मुुख्यमन्त्री फेर्न सत्ता साझेदार दलहरु नै लागेका हुन् । यसबारेमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीबीच लिखित सहमति भएको केही समय अघि नै सार्वजनिक भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot