Logo

रवि लामिछानेको पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह गोलाकारभित्र घण्टी



काठमाडौं, १७ असार । निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । पार्टी घोषणा भएकै दिन लामिछाने निर्वाचन आयोग दल दर्ताको लागि पुगेका थिए । पार्टीले प्रस्ताव गरेकै चुनाव चिन्ह गोलाकारभित्र घण्टी पाएको छ ।

यसअघि उक्त पार्टी दर्ता नगर्न भन्दै केही व्यक्तिले निर्वाचन आयोगमा उजुरी दिएका थिए । तर, आयोगले आवश्यक छलफल गरेर पार्टीको नाम र चुनाव चिन्ह आज आफूहरुलाई प्रदान नेता दीपक बोहराले जानकारी दिए ।

लामिछानेले भने यसअघि नै आयोगले गर्ने निर्णय आफूहरुलाई मान्य हुने प्रतिक्रिया दिएका थिए । उनले आयोगले दल दर्ताको मान्यता दिएपछि पार्टीका अन्य गतिविधि सञ्चालन गरिने बताएका थिए ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्