Logo

राजेन्द्र पाण्डेले मुख्यमन्त्री छाड्न मानेनन्, अब के होला



काठमाडौं, १८ असार । राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री छाड्न मानेका छैनन् । नेपाली काँग्रेसलाई आधा कार्यकाल मुख्यमन्त्री दिने पूर्वसहमति विपरित पाण्डेले नयाँ रणनीति चालेका छन् ।

काँग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने चर्चा चलेपनि पाण्डे पछि हटेका छैनन् । उनले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउनुपर्ने हुन्छ ।

अविश्वासको प्रस्ताव काँग्रेससहितको गठबन्धनबाट आएमा नयाँ घटना विकास हुनसक्छ । पाण्डेको सरकारलाई नेकपा एमालेले समर्थन गरिदियो भने बागमतीमा गठबन्धमै धक्का लाग्न सक्छ । यसकारण पनि काँग्रेसले बागमती प्रदेशको सरकारमा विगतको सहमति अनुसार पाण्डेलाई छाड्न लगाउन खोजिरहेको छ ।

माधवकुमार नेपालनिकट मानिने पाण्डे पछिल्लो समय फरक तरिकाले सक्रिय भएका छन् । उनी वाम एकताको पक्षमा रहेको बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot