![](https://reportersnepal.com/wp-content/uploads/2022/07/11994256_062422-wls-cate-baby-killed-10p-vid-768x432.jpg)
काठमाडौं, असार २१ । न्युयोर्क-अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु हुनुका साथै कम्तीमा २४ जना घाइते भएका छन् । एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि एउटा पसलको छतबाट परेडमा गोली चलाएका थिए ।
गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भाग्दै गरेको भिडियो सामाजि सञ्जालमा देख्न सकिन्छ । बन्दुक हमलाबारे प्रहरीले अनसन्धान सुरु गरेको छ ।