Logo

सुकुटेबीचमा बलात्कारपछि फरार आरोपीको यसरी भएको थियो पहिचान



सचिना बानियाँ, काठमाडौं । सुकेटेबीच एड्भेन्चर क्याम्प रिसोर्टमा १८ असारको विहान ३ बजे बलात्कारपछि तीनजना आरोपीहरु फरार भएका थिए । दुई जना कुर्ने र एकजना टेन्टभित्र छिरेर बलात्कार गर्ने गरेको सीसीटीभी फुटेजबाट खुलिसकेको छ । घटनापछि युवती चिच्याउन थालेपछि आरोपीहरु फरार भएका थिए ।

आरोपीहरु को हुन् भन्ने पहिचान गर्न कठिन भएको थियो । तर, रिसोर्टमा उनीहरुमध्ये एकजनाको परिचयपत्र टेन्ट बुक गर्दा राखिएको थियो । ललितपुरको एक कलेजमा १२ को परीक्षा दिएर बसेका थिए १८ वर्षीय प्रिन्स थपलिया र १८ वर्षकै रुस कार्की । उनीहरुमध्ये एकको परिचयपत्र फेला परेपछि पहिचान खुलेको थियो ।

बलात्कृत युवतीका आफन्तका अनुसार परिचयपत्र फेला नपरेको भए आरोपीहरुको पहिचान गर्न कठिन हुने सुनाए । त्यही परिचयपत्र उनीहरुको पक्राऊको कारण बन्यो । अहिले उनीहरुको म्याद थप गरी अनुसन्धान चलिरहेको बुझिएको छ ।

१३ जनाको टिममा रहेकी २८ वर्षीया युवती बलात्कृत हुनुले अनुसन्धानलाई गम्भीर बनाएको छ । उनले रक्सी धेरै पिएकाले एकजना केटा साथीले टेन्ट सम्म पुर्याएका थिए । टेन्टमा पुर्याएर ती युवक फर्किएका थिए । त्यसपछि तीनजना युवक टेन्ट नजिक पुगेर एकजना पसेर बलात्कार गरेका थिए । उनीहरुमाथि सामूहिक बलात्कारको आरोप छ ।

बलात्कारका आरोपीमध्येका रुस कार्की, प्रिन्स थपलिया र सुलभ क्षेत्रीलाई कालीमाटी प्रहरीले पक्राउ गरी चौतारा लगिएको थियो ।

सुकेटे बीचको सीसीटीभी फुटेजमा युवती टेन्टमा पुगेको देखि तीन युवक पछि लागेको टेन्टभित्र पसेको सबै दृश्य कैद भएको छ । सीसीटीभी फुटेजमा युवकहरु कोही टेन्टबाहिर र कोही टेन्टमा छिरेको र निस्केको दृश्य पनि देखिन्छ । युवती चिच्याउँदै निस्कँदा एकजना युवक हत्तपत्त पाइन्टको पेटी लगाएर भाग्दै गरेको दृश्य पनि देखिन्छ ।

सुकुटेबीचको टेन्टभित्र सामूहिक बलात्कार, भोटेकोशी किनारमा चेलीको चित्कार किन कसैले सुनेन



प्रतिक्रिया दिनुहोस्