Logo

मंसिरको पहिलो हप्ता एकै चरणमा संसदको चुनाव गर्ने तयारी



काठमाडौं, २१ असार । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा हुने भएको छ । निर्वाचन आयोगले यही अनुसारको सिफारिश सरकारलाई गर्ने भएको छ ।

कात्तिकमा चुनाव गर्न सकिने भनिएपनि मंसिरमै लाने गरी तयारी भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषलाई हेराइसकेका छन् । ज्योतिषको सल्लाह अनुसार देउवाले मंसिरको पहिलो हप्ता नै चुनाव गर्ने गरी मन्त्रिपरिषदबाट निर्णय गराएर राष्ट्रपतिसमक्ष सिफारिश गर्ने भएका हुन् ।

विश्वस्त स्रोतका अनुसार साउनको सुरुमै चुनावको मिति घोषणा हुनसक्छ । चुनावमा बार, गते र महिना समेत जुराउन देउवा लागिपरेका छन् ।
स्थानीय चुनावमा काँग्रेस पहिलो दल भएपछि देउवा हौसिएका छन् । उनी काँग्रेसले बहुमत नजिक पुग्नेमा ढुक्क छन् । तर, वामपन्थी शक्ति मिल्ने सम्भावनाले देउवा दबाबमा छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot