काठमाडौं, २१ असार । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनबाहिर फुटपाथमा राखिएको काँडेतार चर्को आलोचनापछि हटाइएको छ । संसद भवनको पर्खालसँगै फुटपाथ ढाक्नेगरी राखिएको काँडेतार हटाएपछि फुटपाथ खाली गराइएको हो ।
फुटपाथमा पैदलयात्री हिड्नै नमिल्ने गरी, साइकल लेन नै ढाकिने गरी काँडेतार राखेपछि सडकबाट मानिसहरु हिड्नुपर्ने अवस्था भएको थियो । काँडेतारको विषयमा सभामुख अग्नि सापकोटाले चासो राखेका थिए ।