Logo

झारफुक गर्न जाँदा बोक्सी भन्दै धामीले गरे कुटपिट



संखुवासभा, २१ असार । ३४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा धर्मदेवी नगरपालिका–२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्की सोमबार पक्राउ परेका हुन्।

झारफुक गर्न आएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई आफूलाई धामी बताउने कार्कीले कुटपिट गरी घाइते बनाएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot