Logo

प्रचण्ड एकाएक माधव नेपालको पार्टीसँग एकता नगर्ने निश्कर्षमा पुगे !



काठमाडौं, २१ असार । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय कमिटीको बैठकमा आगामी निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल सुरु भएको छ । बैठकमा कतिपय नेताहरुले संघीय संसद्को निर्वाचन अघि नै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकताको सम्भावनाबारे आफ्नो धारणा राखेका थिए । तर, अध्यक्ष पुष्पकमल दाहालले भने चुनावअघि माधव नेपालको पार्टीसँग एकता हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

आफूनिकट नेताहरुसँगको छलफलमा दाहालले यस्तो निश्कर्ष निकालेका हुन् । पछिल्लो समय दाहाल र माधव नेपालबीच सम्बन्ध चिसिएको अड्कलबाजी भएको छ । खासगरी स्थानीय तहको निर्वाचनमा दाहालले माधव नेपालको पार्टीलाई अलिक बढि नै उपेक्षा गरेको र कांग्रेससँग मिलेर गठबन्धनभित्र पनि उपगठबन्धन बनाएको समाजवादीका नेताहरुको आरोप छ ।

पछिल्लो समय समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि माओवादी केन्द्रसँग तत्काल एकता असम्भव भएको प्रतिक्रिया दिएका छन् । बरु, उनले एमालेसँग चुनावी गठबन्धनको सम्भावना औंल्याउन थालेका छन् । खनालपनि कांग्रेससँग रुष्ट छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेस समझदारीअनुसार नचलेको उनको आरोप छ ।

सार्वजनिक रुपमै खनालले अब बृहत्त वापन्थी एकताको आवश्यकत्ता औंल्याएका छन् । यही सन्दर्भमा प्रचण्डले पनि संसदको निर्वाचनअघि एकीकृत समाजवादीसँग एकता नहुने बताएका हुन् । माओवादी केन्द्रभित्र आगामी निर्वाचनमा एक्लै लड्नेगरि तयारी थाल्नुपर्ने आवाज उठेको छ । गठबन्धनको भर पर्दा पार्टीलाई ठूलो क्षति पुगेको उनीहरुको भनाई छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot