Logo

कृषिमन्त्री मृगेन्द्रको पद धरापमा



काठमाडौं, २१ असार । कृषिमन्त्री बनेको भोलिपल्टै मृगेन्द्रकुमार सिंह यादवको पद धरापमा परेको छ । उनीविरुद्ध सर्वोच्च अदालतमा एउटा रिट निवेदन दर्ता भएको छ जसमा उनी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएकाले मन्त्री बनाउन संविधानविपरित हुने जिकिर गरिएको छ ।

अधिवक्ता अनुपम भट्टराईले पेस गरेको रिटमा संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्तिका लागि अयोग्य हुने विषय समेत उल्लेख गरिएको छ ।

सिंह सप्तरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । पार्टी नेतृत्वलाई नै प्रभावमा पारेर राष्ट्रिय सभा सदस्य बन्न सफल भए । यही आधारमा उनी मन्त्री नियुक्त गरिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot