काठमाडौं, २१ असार । अर्थमन्त्री जर्नादन शर्मा पदबाट हटाइने भएका छन् । उनी बजेट निर्माणमा करको विषयमा विवादमा परेकाले हटाइने बुझिएको छ ।
आज नेकपा माओवादी केन्द्रको बैठकमा पनि जर्नादनलाई हटाउनुपर्ने माग उठेको छ । सत्ता गठबन्धनको नेपाली काँग्रेसका नेताहरुले पनि उनलाई हटाउन माग गरिरहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई हटाउनेबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरिसकेको बुझिएको छ ।
अर्थमन्त्रालयमा बजेटसँग असम्बन्धित व्यक्ति रातारात छिरेको विषय चर्चामा छ । त्यसको सीसीटीभी गायब बनाइएको विषय चर्चामा छ ।-File Photo