Logo

प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले ठूला घरानासँग आर्थिक लेनदेनमा यो बजेट ल्याएका हुन् : रघुवीर महासेठ (भिडिओसहित)



काठमाडौं, २२ असार । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले बजेट बनाउँदा अनधिृकत व्यक्ति मन्त्रालयमा प्रवेश गराएर विश्वमै नघटेको घट्ना नेपालमा घटेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

उनले अर्थमन्त्री भनेको देशको ढुकुटीलाई बढाउने र सुरक्षित गर्ने र त्यसलाई कसरी देशको हितमा आर्थिक योजना बनाउने व्यक्ति भएकोले बजेट बनाउने बेलामा बाहिरी व्यक्तिहरुको ईशारामा बजेट बनाएको आरोप लगाए ।

उनले यो अर्थमन्त्री शर्माको राष्ट्रघाती कदम भएको टिप्पणी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सिसिटिभी फूटेज नष्ट गरिनु गलत भएको आरोप लगाए ।

सिसिभिटी फूटेज कसरी गायब भएको भन्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि सम्झिनुपर्ने उनको भनाई छ । उनले प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माको मिलेमतोमा ठूला ठूला उद्योग घरानासँग आर्थिक लेनदेन गरी बजेट ल्याईएको गम्भीर आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot