Logo

अजोड ईन्स्योरेन्सको चौथो वार्षिकोत्सवमा रत्तदान कार्यक्रम



काठमाडौं, २२ असार । अजोड ईन्स्योरेन्स लिमिटेडले मंगलबार आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा रक्तदान जीवनदान भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ जना  व्यक्तिहरुले रक्तदान गरेका थिए ।

सोही अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं. ९, गोंगबु स्थित हिमालयन बृद्घा आश्रममा आश्रीत ४३ जना बृद्घ तथा बृद्घाहरुको लागी खाद्यान्न सहयोग कार्यक्रममा प्रमुख अतिथी टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयूक्त रुपमा बृद्घा आश्रमकी अध्यक्ष श्रीमती सरला पन्थीलाई खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा अतिथी उपप्रमुख मुरारी तामाङ्ग र अतिथी वडा नंं ९ का वडाअध्यक्ष राम भक्त घिमिरे, आश्रमका अन्य संचालक तथा अजोड ईन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

संस्थाले व्यवसायिक कारोवार सुरु गरी हालसम्म कम्पनीले बीमा व्यवसाय अभिबृद्घिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २९ वटा शाखा, २५ वटा उपशाखा कार्यालयहरु, ११ बीमा काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ ।

हालसम्म कम्पनीमा ३२३ जना कर्मचारी कार्यरत रहेका छन भने आधारभुत निर्जीवन बीमा अभिकर्ता ४५९ जना, कृषि तथा पशुपन्छी बीमा अभिकर्ता ३१७ जना कृषि तथा पशुपन्छी क्षती मूल्याङ्गकनकर्ता ३९ जना र १२२ जना बीमा सर्भेयरहरु सूचिकृत रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्