Logo

प्रचण्डले अर्थमन्त्री हटाउने वा राख्ने केही भन्नुभएको छैन, एउटा मन्त्री हटाउँदैमा गठबन्धन तोडिँदैनः दीनानाथ शर्मा



काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले अर्थमन्त्री जनार्दन शर्मालाई राख्ने वा हटाउने विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही नभनेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले भने, “अर्थमन्त्रीका सम्बन्धमा सार्वजनिक ?पमा कुरा उठेको छ । यस विषयमा हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी अध्यक्ष प्रचण्डबीच कुराकानी भएको छ । यसबारे प्रधानमन्त्री पनि बेखबर हुनुुहुन्न । प्रचण्ड पनि गम्भीर हुनुहुन्छ । उहाँह?बीच के कुरा भयो, हामीलाई थाहा छैन । हाम्रो पार्टीको पूर्वस्थायी समिति सदस्यको बैठकमा पनि यो विषयमा के गर्ने भन्ने प्रश्न उठेकाले उच्च स्तरमा कुराकानी र छलफलपछि अन्तिम निकास निस्केला ।”
एक जना मन्त्री हटाउँदैमा गठबन्धन नतोडिने पनि उनले बताए । शर्माले थपे, “कसैका बारेमा प्रश्न उठ्दैमा आजको भोलि नै हटाइहाल्ने भन्ने कुरा हुँदैन । सबै सत्य, तथ्य, यथार्थ कुरा बुझ्छौं, छलफल गर्छौं । हाम्रो पार्टी चुप लागेर सुतेर बसेको छैन । पुष्टि भयो भने प्रक्रिया अघि बढ्ने त छँदै छ । तर एक जना मन्त्री हटाउँदैमा गठबन्धन तोडिन्छ भन्ने होइन ।”
आफ्नो पार्टी कसैलाई राखिरहनुपर्छ भन्ने पक्षमा नरहेको पनि शर्माले बताए । उनले भने, “कृष्णबहादुर महराजीका बारेमा प्रश्न उठ्दा पनि छानबिन गर्ने कुरामा हाम्रो हस्तक्षेप र बाधा विरोध भएन । आरोप लाग्दैमा आजको भोलि नै हटाउने भन्ने कुरा हुँदैन । कसैले अपराध गर्छ, कसैले मान्छे मार्छ भने पनि अदालतले फैसला गर्ने बेलासम्म त पर्खिनुपर्छ नि हैन र ? अर्थमन्त्रीसँग सम्बन्धित विषयमा पनि त्यसरी नै सबै कुरा बुझेर निर्णय हुन्छ । पार्टी अध्यक्षले पनि हटाउनुपर्छ वा हुन्न भनेर भन्नुभएको छैन ।”

जारी केन्द्रीय समिति बैठकमा पार्टी पदाधिकारीको टुंगो लाग्ने पनि उनले बताए । शर्माले भने, “अहिलेको केन्द्रीय समितिमा पोलिटब्युरो र स्थायी समितिका साथै पदाधिकारी चयनको तयारीका साथ प्रचण्ड आउनु हुन्छ । हामीले आफ्नो तवरमा सुझाव दिएका छौं ।
पार्टीको महासचिव को होला भन्ने पत्रकार धमलाको प्रश्नमा शर्माले भने, महासचिव बन्ने अधिकार केन्द्रीय समितिका सबै सदस्यलाई छ । वर्षमान पुन र जनार्दन शर्मा मात्र हुनुहुन्न ।”
पार्टी बैठकमा मन्त्री हेरफेरको एजेन्डा नबनेको पनि शर्माले बताए । उनले भने, “दुईचार दिनपछि संघ र प्रदेश निर्वाचनको तिथिमिति घोषणा हुन्छ । केही दिनका लागि मन्त्री किन फेर्ने ? यस्तो कुनै एजेन्डा छैन ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot