Logo

आलियाको गर्भावस्थाको खबर सुनेर रोए करण



एजेन्सी, २२ असार । फिल्म निर्माता करण जोहरले आलिया भट्टको गर्भावस्थाको बारेमा आफ्नो प्रतिक्रिया दिएका छन् । एक अन्तर्वार्तामा करणले आलियाले आफ्नो गर्भावस्थाको बारेमा बताउदा फिल्म निर्माता रोएको खुलासा गरेका हुन् ।

यसै क्रममा करणले आलियाको बच्चालाई काखमा लिन आफु उत्सुकताका साथ पर्खिरहेको बताए । करणले भने, “आलियाको गर्भावस्थाको खबर सुनेर म रोएँ। उनी मेरो अफिसमा आइन्। मलाई याद छ त्यो दिन मेरो कपाल निकै खराब भएको थियो र मैले हुडीमा टोपी लगाएको थिएँ। उनले मलाई यो खुसीको खबर सुनाइन्। प्रतिक्रिया मेरो आँखाबाट आँसु आयो र आलिया मेरो छेउमा आइन् र मलाई अँगालो मार्नुभयो । मैले भनें कि म विश्वास गर्न सक्दिन कि तिमीले बच्चा जन्माउनेछौ। तिमी नै बच्चा, बच्चाले बच्चा जन्माउने छ जस्तो लाग्यो। म धेरै भावुक भए ।“

करणले थपे, “मैले उनलाई एउटी केटीबाट ठूलो कलाकार र आत्मविश्वासी महिला बनेको देखेको छु र मलाई आलियामा धेरै गर्व लाग्छ। म उनको लागि अभिभावक जस्तै छु। मैले उनलाई हुर्काएको छु। जब उनी १७ वर्षकी थिइन्, त्यसपछि उनी मेरो अफिसमा आएकी थिइन् । आज उनी २९ वर्षकी भइन् र यी १२ वर्ष हामी दुवैका लागि निकै जादुई रह्यो किनकि मैले उनीसँग निकै बलियो सम्बन्ध बनाएको छु । म आलियाको बच्चालाई काखमा लिन चाहन्छु ।यसको लागि पर्खिन सक्दिन। यो एकदमै भावनात्मक पल हुनेछ, जब मैले आफ्ना दुई बच्चालाई पहिलो पटक समातेको छु, त्यही अनुभव मैले आलियाको बच्चासँग गर्ने छु।“

आलियाले २०१२ मा करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । यो फिल्मपछि आलिया दोस्रो पटक करणसँग काम गरिरहेकी छिन्, आलिया अब ‘रकी र रानीको प्रेमकथा’ मा देखिनेछिन् । यो फिल्मलाई पनि करण जोहरले निर्देशन गर्दैछन् । आलिया भट्ट हाल पोर्चुगलमा हलिउड फिल्मको सुटिङमा व्यस्त छिन् । करण जोहर अहिले आफ्नो च्याट शो कफी विथ करणमा व्यस्त छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot