Logo

अर्थमन्त्रीको विवाद प्रकरणबारे संसदीय छानबिन समिति बनाउनेगरि सभामुख छलफलमा



काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माको विवाद प्रकरणबारे संसदीय छानबिन समिति गठन हुने भएको छ । आज विहान ११ बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएको छैन् । बैठक रोकेर सभामुख अग्निप्रसाद सापकोटा दलका प्रतिनिधिहरुसँग छलफलमा छन् ।

सभामुख सापकोटाले उक्त प्रकरणमा छानिबन गर्नको लागि संसदीय समिति बनाउनेगरि छलफल थालेको एक सांसदले जनाए । आजको संसद् बैठकमा अर्थमन्त्री शर्माले बोल्ने भनिएको थियो । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मन्त्री शर्मालाई बोल्नै नदिने निर्णय गरेको छ।

माओवादी केन्द्रको आजको बैठकले संसदीय छानबिन समिति बनाउनको लागि एमालेसँग छलफल गर्ने निर्णय गरेको थियो । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पनि तत्काल समिति बनाएर सत्यतथ्य बाहिर ल्याउनुपर्ने आवाज उठाएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot