काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले संसद्मा आफ्नो भनाई राख्न सुरु गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले आफ्नो भनाई राख्न सुरु गरेका छन् । बजेट निर्माणको क्रममा उनीमाथि अनधिकृत व्यक्ति मन्त्रालयमा प्रवेश गराईएको आरोप छ ।
एमालेले भने अर्थमन्त्री शर्माको सम्बोधन बहिष्कार गरेको छ। यसअघि एमालेको तर्फबाट योगेश भट्टराईले बोलेका थिए ।
उनले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने माग गरेका थिए ।