Logo

अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म उनको कुरा सुन्दैनौं : भट्टराई



काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल राजीनामा गर्न लगाउनुपर्ने वा बर्खास्ती गर्नुपर्ने बताएका छन् । उनले अर्थमन्त्री रहेकै अवस्थमा उनीमाथि समितिले छानबिन गर्न नसक्ने बताएका छन् ।

संसद् बैठकमा नेता भट्टराईले छानबिन समितिले उनीमाथि अब छानबिन गर्ने नभएर उनले गरेको हर्कतमाथि छानबिन गर्ने बताए । उनले फौजदारी अपराध गरिसकेको र उनीमाथि भन्दा पनि उनको अपराधमाथि छानबिन हुने उनको भनाइ छ ।

उनले भने,‘यसकारण पहिला अर्थमन्त्रीबाट राजीनामा दिनुहोस् । अर्थमन्त्रीको हैसियतको पदमा संसदमा अब बोल्न पाउँदैनन् । सांसदको हैसियतले मात्रै बोल्ने हो । उनकै कारण अर्थमन्त्रालय दिशाविहीन भयो । अर्थसचिब उहाँकै कारण बिदामा बस्नु भएको छ । छानबिन समितिले अब उहाँसँग बयान लिन्छ ।’ अर्थमन्त्रीको हैसियतले संसदमा बोल्न नपाउने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्