Logo

अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा



काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आज प्रतिनिधि सभामा बोल्दै राजीनामाको घोषणा गरेका हुन् । उनले संसदीय समितिले छानविनका लागि मार्ग प्रशस्त गरेको समेत बताए । उनले हजारौं छानविनका लागि आफू तयार भएको समेत बताए ।

राजीनामा घोषणाअघि शर्माले आफू सबै प्रकारको छानबिनको लागि तयार रहेको स्पष्ट पारेका थिए । उनले आफू एउटा छानबिनको लागिमात्रै नभएर हजारौं छानबिनको लागि तयार रहेको टिप्पणी गरेका छन् । उनले आफूले देश र जनताको पक्षमा काम गरेको जिकिर गरेका थिए ।

आफूले राम्रो काम गर्दा गर्दैपनि आफूमाथि गलत आरोप लगाएर भ्रम छर्ने काम भएको उनको भनाई थियो । उनले छानबिन समितिले बाहिर ल्याउने कुराले नै सबै कुरा स्पष्ट पार्ने जिकिर गरेका थिए । उनले छानबिन समितिलाई आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्