Logo

जनार्दन शर्माले प्रधानमन्त्री देउवालाई बुझाए राजीनामापत्र



काठमाडौं, २२ असार । अर्थमन्त्रीबाट राजीनामा दिएको पत्र जनार्दन शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । उनी अपरान्ह बालुवाटार पुगेर राजीनामापत्र बुझाएका हुन् ।

शर्माले प्रतिनिधि सभामा राजीनामा दिएको घोषणा गरेपछि बालुवाटार पुगेका हुन् । उनले संसदीय समितिलाई छानविन गर्न मार्ग प्रशस्त गरेको समेत बताएका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्